राष्‍ट्रपति भण्डारीको म्यान्मार भ्रमण पूरा, आज जापान जाँदै
काठमाडौं। म्यान्मार गणतन्त्र संघका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारमा रहेकि राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने राजकीय भ्रमणमा पूरा भएको छ।
राष्ट्रपति भण्डारी २९ असोजमा म्यान्मार गएकि हुन्।
म्यान्मारको राजकीय भ्रमण पूरा गरेसँगै राष्ट्रपति भण्डारी आज बिहान जापान प्रस्थान गर्ने छिन्।
जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागि भई नेपाली प्रतिनिधिमण्डल ६ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भएको थियो। राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेटवार्ता गरे।
राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्