पोखरामा घरघरमा औषधि अभियान <p>पोखरा। पोखरा महानगरपालिका-२० ले आफ्नो क्षेत्रका दीर्घरोगीहरूलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ।</p> <p>सरकारले कोरोना संक्रमण फैलन नदिन लागू गरेको लकडाउन बढ्दै गएपछि वडाले आफ्नो क्षेत्रका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम र थाइराइडको समस्या भएका नागरिकलाई औषधि उपलब्ध गराउन थालेको हो।</p> <p>वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही रकम थप गरी करिब अढाइ लाख रुपैयँ खर्चेर घरघरमा औषधि अभियान सञ्&zwj;चालन गरिएको हो। <em><strong>रासस</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्