लकडाउनमा राजेश हमालको दैनिक व्यायाम
<p>काठमाडौं। अभिनेता राजेश हमाललाई पनि लकडाउन लागेको छ। बाहिर निस्किन नपाएपछि उनी घरमै आफूलाई व्यस्त राख्‍ने प्रयास गर्दै आएका छन्। </p>
<p>लकडाउनकै बेला उनी सामाजिक सञ्‍जाल पनि बढी सक्रिय बनेका छन्। कुनै समय मोबाइल पनि बोक्न नमान्‍ने हमाललाई यतिबेला सामाजिक सञ्‍जालको नशा नै लागेको छ। </p>
<p>उनले घरमै बसिरहेका बेला गरिने हरेक गतिविधिदेखि लिएर कोरोना सचेतनासमेत सामाजिक सञ्‍जालबाटै दिइरहेका छन्। </p>
<p>आजकल हरेक दिन उनी सामाजिक सञ्‍जालमा कुनै न कुनै तस्वीर वा भिडिओ अपलोड गरिरहेका छन्। आज पनि बिहानै व्यायाम गरिरहेका तस्वीर सेयर गरेका छन्। जसबाट उनले निरन्तर आफ्नो व्यायाममा ध्यान दिइरहेको प्रष्‍ट हुन्छ। </p>
प्रतिक्रिया दिनुहोस्