श्रमिकलाई कामबाट निकाल्न पाइँदैनः मन्त्री भट्टराई
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनै पनि पर्यटन व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न नपाउने बताएका छन्।
कोभिड-१९ को रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने र कर्मचारीलाई केही प्रतिशत रकम पारिश्रमिक दिने निर्णय गरेपछि मन्त्री भट्टराईको उक्त भनाइ आएको हो।
“हामीले भनेका छौं, कुनै पनि व्यवसायीले श्रमिकहरूलाई अहिले बेदखल गर्न पाइँदैन। किनकि, उहाँहरूको सामाजिक सुरक्षा कोष पनि छ। होटल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरू पनि छन्,” भट्टराईले भने, ‘सरकारले पनि त्यसमा हेर्छ। त्यसैले अहिले श्रमिकहरूलाई बेदखल गर्ने कुरा गलत हो। त्यसो गर्न पाइँदैन।”
सरकारले आफ्ना केही आर्थिक प्याकेज पनि उपलब्ध गराउने उनले बताए। कोरोना भाइरसबाट परेको प्रभाव कम गर्न व्यवसायी र श्रमिकको हितमा केही पुनःस्थापना प्याकेज अगाडि सार्ने सोचका साथ मन्त्रालय अगाडि बढेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्