काठमाडौं। रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ का वसन्त गिरी डेढ महीनादेखि कतारको दोहा शहरमा लकडाउनमा छन्। वैदेशिक रोजगारीको क्रममा ६ वर्षअघि कतार पुगेका उनी कोभिड-१९ का कारण लकडाउनमा थुनिएका छन्।

कोभिड-१९ को असर भने लकडाउनमा मात्र सिमित छैन। यसले उनको काम खोसेको छ। उनले काम गर्ने कम्पनीमै उनीजस्ता ३० जना भन्दा बढी नेपाली, भारतीय, पाकिस्तानी नागरिक कामविहिन बनेका छन्।

“डेढ महीना भयो। कोठाभित्र थुनिएका छौं। कम्पनी नै बन्द छ। काम नपाउँदा अहिलेसम्म अघिल्लो महीनाको तलबबाटै खानपिनको व्यवस्था मिलाएका छौं। अब काम नगरेर कोठामै बसिरहेको बेला तलब आउँछ÷आउँदैन केही भन्ने सक्ने अवस्था छैन”, बसन्तले भने।

महामारीका कारण बन्द भएको उनीहरूले काम गर्ने कम्पनीले अहिले कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ। कर्मचारी कटौती हुँदा लकडाउनपछि पनि जागिर खोसिने चिन्तामा छन् गिरी लगायतका नेपाली।

त्यसो त गिरीलाई अहिले नेपाल फर्किन हतार भइरहेको छ। महामारीबाट बचिन्छ कि बचिँदैन भन्ने चिन्तामा भएका उनी नेपाल सरकारसँग आफूहरूलाई देशमा ल्याउन अनुरोध गर्छन्। भन्छन्, “यत्रो वर्षसम्म हाम्रै रेमिट्यान्सले देश पालियो। अब हामी देशका लागि बोझ बनेजस्तो व्यवहार गरिँदैछ। तत्काल हाम्रो उद्धार गर्नुपर्‍यो।”

कञ्चनपुरका गोविन्द साउद पनि कतारमै छन्। सैनिक क्याम्पमा काम गर्ने भएकाले उनको काम निरन्तर छ। तर कोरोना संक्रमणको जोखिम उच्च भएकाले डरै डरमा काम गर्नुपरेको बताउँछन् उनी।

“खानाबस्नको त समस्या छैन। तर, काम गरिरहनु पर्दा कति बेला कहाँबाट कोरोना सर्ला भन्ने डर लाग्छ”, साउद भन्छन्।

आफ्नो काम निरन्तर भए पनि धेरै नेपालीले काम गर्ने कम्पनी बन्द हुँदा रोजगारी नै गुमिरहेको बताउँछन् उनी। “विभिन्न कम्पनीहरूले कर्मचारीहरूलाई कम्पनी बन्द हुने र कामदारलाई तलब खुवाएर राख्न नसकिने भन्न थालेका छन्”, साउद भन्छन्।

कतारमा अहिलेसम्म १८ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १२ जनाको ज्यान गइसकेको छ। त्यसैले त्यहाँ रहेका नेपाली कामदार अहिले कोरोना संक्रमण हुन्छ कि भनेर पिरोलिन थालेका छन्।

कतारले आफ्नो देशका नागरिकलाई उत्कृष्ट सेवा प्रवाह गरेको छ। तर, विदेशी कामदारका लागि लागि एकदम लापरवाहि गरिएको त्यहाँ रहेका महोत्तरीका कमलेश यादवको गुनासो छ।

कतारमा अहिले दुई हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमा बसेका छन्। तीमध्ये धेरैको कम्पनी बन्द छ। कमलेश पनि यतिबेला कम्पनी बन्द भएपछि कोठामै बसिरहेका छन्। “डेढ महीना वितिसक्यो न काम गर्न पाइएको छ न त नेपाल नै पठाउने वातावरण बनेको छ”, उनी भन्छन्।

दूतावासमा सम्पर्क गर्दा सम्पर्क नै नहुने गरेको उनको गुनासो छ। यदि संक्रमण देखियो भने पनि कहाँ र कसलाई सम्पर्क गर्ने भनेर आफूहरूलाई जानकारी नभएको उनको भनाई छ।

यस्तो बेला सरकराले तत्काल उद्धार गरेर नेपाल पठाउनुपर्ने उनको माग छ। “अहिले कोरोना लागेर मरियो भने पनि लाश नेपाल पठाइदैन। अरु बेला त कमसेकम लाशै भए पनि घर पुग्थ्यो। के हामीले अब यतै मर्नुपर्ने हो ?” उनको प्रश्न छ।

दोहास्थित नेपाली दूतावासले भने समस्या परेका सबै नेपालीलाई सहयोग गर्ने जनाउँदै आएको छ।

दूतावासका उपप्रमुख लक्ष्मण खनालले सन् २०२२ को विश्वकप फुटबल खेलको आयोजनासहित रणनीतिक आयोजनाहरूमा मिलेसम्म काम गर्ने कतार सरकारको योजना रहेको र बन्द भएका कम्पनीका कामदारलाई खान बस्न व्यवस्था मिलाइने बताए।

लकडाउनका कारण धेरैजसो साना कम्पनी बन्द भएको भन्दै ति कम्पनीका काम गर्ने कर्मचारीलाई समस्या परेको खण्डमा कतार सरकारले तत्काल सहयोग गर्ने जनाइरहेको उनले बताए।

कुवेतमा झन् जोखिम

कतारमा जस्तै कुवेतमा रहेका नेपाली कामदार पनि कोरोना संक्रमणको त्रासमा छन्। कुवेतमा दिनमा भने लकडाउन गरिएको छैन।

निजी सवारीहरू निर्वाध रूपमा चलिरहेका छन्। मानिसहरूलाई किनमेलको लागि बजार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म खुला छ। बेलुका ४ बजेदेखि विहानको ६ बजेसम्म भने लकडाउन छ।

कुवेतका नागरिकले राति मात्र किनमेल तथा घर बाहिरको काम गर्ने भएकाले उनीहरूलाई रोक्न त्यस्तो गरिएको कुवेतमा रहेको कञ्चनपुरका हरिश जोशी बताउँछन्।

“दिनमा गर्मी धेरै हुन्छ। कुवेतीहरू बाहिर जाँदैनन्। बाहिरबाट आएकाहरू दिनमा बाहिर जाने गरेका छन्। यहाँको सरकारलाई आफ्नो देशका नागरिकको मात्र चिन्ता छ”, उनी भन्छन्।

उनले काम गर्ने कम्पनी भने बन्द भएको छैन। जुस, स्याड्विच, पाउ लगायत परिकार बन्ने भएकाले उनको कम्पनी चालु छ। “घरभित्र भए त कमसेकम ढुक्क भएर बसिन्थ्यो। काममा जाँदा डरै डरमा काम गर्नुपर्छ”, जोशी भन्छन्।

कुवेतमा अहिलेसम्म ८० भन्दा बढी नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। त्यसैले पनि नेपालीहरू बढी त्रसित छन्। उनीहरू उद्धारको पर्खाइमा छन्। डरै डरमा काम गर्नुपरिरहेको छ। “हाम्रो चाडो उद्धार गरेर नेपाल लगिदिएको भए बरु मर्नै परे पनि आफ्नो देशको माटोमा मरिन्थ्यो”, उनले भने।

कुवेतमा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ भने साढे ४ हजार भन्दा संक्रमित बनेका छन्।

आश्वासन मात्र दिन्छ दूतावास

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गर्ने जनाइरहेका छन्।

मलेसिया, दोहा, बहराइन र ओमानमा रहेका नेपाली दूतावासहरूले समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गरिने भन्दै हटलाइन नम्बरसहितको सेवा शुरू गरेका छन्। तर, ती देशमा कार्यरत नेपालीले दूतावासको कामप्रति प्रश्न उठाउँदै आएका छन्।

दूतावासले बाहिर देखाउन मात्र सूचना जारी गर्ने गरेको तर, काम भने नगर्ने गरेको नेपालीको गुनासो छ।

दूतावासका अधिकारीहरूले धेरैको गुनासो सम्बोधन भइरहेको भन्दै सबैले एकैपटक सम्पर्क गर्न खोज्दा हटलाइन इङ्गेज्ड देखिने गरेको बताउँछन्।

दूतावासका अधिकारीहरू भने आफ्नो स्रोत साधनले भ्याएसम्म काम गरिरहेको दाबी गर्छन्।

दोहास्थित नेपाली दूतावासका उपप्रमुख खनाल भन्छन्, “सिमित स्रोत साधनकाबीच काम गर्नु परिरहेको छ। यस्तो अवस्थामा कसरी काम गर्ने ? उनीहरूका गुनासा सुन्ने, समस्याको समाधानका लागि पहल गर्ने काम भइरहेको छ।”

" /> काठमाडौं। रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ का वसन्त गिरी डेढ महीनादेखि कतारको दोहा शहरमा लकडाउनमा छन्। वैदेशिक रोजगारीको क्रममा ६ वर्षअघि कतार पुगेका उनी कोभिड-१९ का कारण लकडाउनमा थुनिएका छन्।

"> खाडीमा नेपाली : एकातिर संक्रमणको त्रास, अर्कोतिर कामै गुम्‍ने चिन्ता: Dekhapadhi
खाडीमा नेपाली : एकातिर संक्रमणको त्रास, अर्कोतिर कामै गुम्‍ने चिन्ता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्