महेशपुर भन्सार कार्यालयमा राजस्व संकलन शून्य

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजस्व संकलन प्रभावित भएको छ।

वैशाख महीना शुरू भएयता राजस्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले बताए।

जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुल संकलन नगर्न आदेश गरेपछि राजस्‍व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना भाइरस संक्रमणको असज परिस्थितिका कारण नाकाबाट सकभर सामग्री भित्रिन नदिएको बताए।

चालु आर्थिक वर्ष २०७६/७७ मा कूल १५ करोड राजस्‍व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ११ करोड १८ लाख राजस्व संकलन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्