काठमाडौं। संघीय संसद्को भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा त्यसको दुई दिनपछि, २८ वैशाखदेखि प्री-बजेट छलफल शुरू गर्ने तयारी गरिएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीबीच कुराकानी भइ २८ वैशाखदेखि तीन दिनसम्म प्री-बजेट छलफल शुरू गर्ने गरी तयारी अघि बढाइएको छ।
“सम्भवतः भोलि शुरू हुने पहिलो बैठकबाट यसको औपचारिक टुंगो लाग्नेछ”, योगीले देखापढीसँग भने।
यसअघि पहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भए पनि यसपालि पहिले प्री-बजेट छलफल शुरू हुने भएको छ।
सरकारको नीति तथा कार्यक्रम भने २ जेठमा संसदमा प्रस्तुत गर्ने तयारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। सचिव योगीले भने, “सभामुखले मुख्यसचिवसँग छलफल गर्नुभएको छ। अब मुख्यसचिवले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर यसबारे टुंगो लाग्छ। हाम्रो तयारी चाहिँ २ गते गर्ने भन्ने छ।”
भोलिदेखि शुरू हुने संघीय संसद्को बैठकमा सहभागी हुन सांसदहरूको कोरोना परीक्षण अनिवार्य गरिएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको आज मात्र स्वाब संकलन गरिएको छ।
" /> काठमाडौं। संघीय संसद्को भोलिदेखि शुरू हुने बजेट अधिवेशनमा त्यसको दुई दिनपछि, २८ वैशाखदेखि प्री-बजेट छलफल शुरू गर्ने तयारी गरिएको छ।प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीबीच कुराकानी भइ २८ वैशाखदेखि तीन दिनसम्म प्री-बजेट छलफल शुरू गर्ने गरी तयारी अघि बढाइएको छ।

">