काठमाडौं। सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी निर्माणका क्रममा रहेका परियोजना सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निर्माणका क्रममा रहेका आयोजनालाई छिटो सम्पन्न गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सम्पूर्ण समस्या साधान गर्ने र स्रोतको व्यवस्था गर्ने तथा कोरोनाका कारण परेको प्रभावलाई न्यून गर्दै लैजाने गरी आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले भने, “सिंचाई र ऊर्जाका केही नयाँ आयोजना थपिने र जारी आयोजनाका काम छिटो अघि बढाउने गरी बजेट ल्याउन लागिएको छ ।”
मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा विभिन्न सरोकारवाला निकाय तथा मातहतका निकायसँग नियमित छलफल र सम्वाद गरिरहेको छ।
सरकारी लगानीमा माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेनलगायतका आयोजना निर्माणका क्रममा छन्। यस्तै भेरी बबई डाइभर्सन, बबई, रानीजमरा कुलरिया, सिक्टालगायत सिँचाइ आयोजनासमेत निर्माणका क्रममा छन्।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकीकको मुआब्जा वितरणको काम भएपनि अरु कुनै पनि काम शुरू भएको छैन।
त्यस्तै पश्चिम सेती जलविद्युत् आयोजनाको काम पनि अगाडि बढेको छैन। सरोकारवाला निकायको सुझावका आधारमा सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने मन्त्री पुनको भनाइ छ। रासस
" /> काठमाडौं। सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी निर्माणका क्रममा रहेका परियोजना सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गर्ने तयारी गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निर्माणका क्रममा रहेका आयोजनालाई छिटो सम्पन्न गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

">