काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टीको स्थायी कमिटीको बैठक बोलाइने बताएका छन्।
गृहकार्य नपुगेकाले आजका लागि तय भएको बैठक स्थगित भएको बताउँदै उनले अहिले पनि आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी रहेको जनाए।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँगको छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको दाहालले बताए।
संसद् भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि उनले भने, “अलि आन्तरिक गृहकार्य नपुगेकै हो। दुवै अध्यक्षले बैठक एक/दुई दिनभित्र बोलाउँछौँ। अहिले पनि हामीबीच छलफल चलिरहेकै छ।”
स्थायी कमिटी बैठकका अजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि बैठक अनिश्चित बनेको छ।
अध्यक्ष दाहालले आज नै संसद् सभाहलको अनुगमन पनि गरेका छन्। अनुगमनका क्रममा उनले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए।
‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर, अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाइएको छ” अध्यक्ष दाहालले भने, “स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ। ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।’’
आज संघीय संसद्का सांसद र कर्मचारीहरूको स्वाब पीसीआर परीक्षणका लागि संकलन गरिएको छ। संसद् बैठक बस्नुअघि परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
भोलि दिउँसो चार बजे संघीय संसद्को संयुक्त बैठक बस्दैछ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टीको स्थायी कमिटीको बैठक बोलाइने बताएका छन्।गृहकार्य नपुगेकाले आजका लागि तय भएको बैठक स्थगित भएको बताउँदै उनले अहिले पनि आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी रहेको जनाए।

">