काठमाडौंबाट ३४६ नागरिक लिएर स्वदेश फर्किए दुई चिनियाँ विमान

काठमाडौं। चीनको दुई वायु सेवा प्रदायक कम्पनीका विमानले आफ्ना ३४६ नागरिक उद्धार गरेर फर्किएका छन्।

चीनको एअर चाइना र साउदर्न एअरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एअर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट केही बेरअघि गन्तव्यतर्फ उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बतए।

यी दुई उडानमध्ये एअरचाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वान्जाओका लागि उडान भरेको छ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा उद्धार गरी स्वदेश लगिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्