भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त <p>चितवन। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ।</p> <p>काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बैठकले गौतमलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले बताइन्।</p> <p>नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा. गौतमलाई कार्यकारी निर्देशकमा नियुक्तिको लागि सिफारिस गरेको थियो।</p> <p>सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो।&nbsp; गौतमले आजै पद तथा गोपनियताको शपथ लिएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्