काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै भोलि, २६ वैशाख दिउँसो ४ बजेबाट शुरू हुने संसद बैठक संचालनको लागि आचारसंहिता तय गरिएको छ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरीमा दुई सिट छाडेर बस्ने निर्णय गरेको छ।
त्यस्तै प्रधानमन्त्री, मन्त्री र राष्ट्रिय सभा दलका नेताबाहेक अन्य सदस्यहरूले रोष्टम प्रयोग नगरी आफू बसेकै सिटको माइक प्रयोग गर्नुपर्नेछ। यसअघि विधेयकको सिद्धान्त माथि छलफल हुँदा सबै सदस्यहरूले रोष्टमको प्रयोग गर्ने प्रचलन थियो।
संसद भवन प्रवेश गर्दा र बाहिरिदा छुट्टाछुट्टै ढोका प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर अनावश्यक भीड नगर्ने, दर्शक दिर्घामा कसैलाई प्रवेश गर्न नदिने र मिडियालाई सचिवालयले फोटो उपलब्ध गराउने र फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने पनि निर्णय गरिएको छ।
संक्रमणको जोखिम कम गर्न स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले दिएको सुझाव अनुसार स्वास्थ्य सुरक्षा र सावधानीका उपाय अवलम्वन गर्ने गरी सबैजनाका लागि आचारसंहितासमेत तयार गरिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै भोलि, २६ वैशाख दिउँसो ४ बजेबाट शुरू हुने संसद बैठक संचालनको लागि आचारसंहिता तय गरिएको छ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरीमा दुई सिट छाडेर बस्ने निर्णय गरेको छ।

">