कैलाली। कोरोना भाइरस संक्रमण परीक्षण गर्ने किटको अभाव भएपछि सुदूरपश्चिममा आइसोलेसनमा राख्नुपर्ने बाहेककाको परीक्षण बन्द गरिएको छ।
धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमार्फत् हुने कोरोना परीक्षणका लागि चाहिने किटको अभाव भएपछि अहिले प्रयोगशालाले सीमित मात्रामा मात्रै परीक्षण गरिरहेको छ।
हिजो, २४ वैशाखमा चार जनाको परीक्षण भएकोमा किटको सीमित मौज्दात मात्रै भएका कारण आजदेखि शंकास्पद देखिएर आइसोलसनमा राख्नुपर्ने बाहेकका अन्यको परीक्षण बन्द भएको प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।
उनले अहिले १५/२० थान मात्रै कीट मौज्दात रहेको बताए। पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किटको मौज्दात सीमित रहेको शाही बताउँछन्।
प्रयोगशाला इन्चार्ज शाहीका अनुसार किटको अभाव भएपछि ५० भन्दा बढी संकलित थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छैन।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै भोलिसम्म धनगढी आइपुग्ने बताए।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा संकलित थ्रोट स्वाब समेत जिल्लामै थन्किएका छन्। किटको अभाव भन्दै अहिले स्वाब नपठाउन भनिएको उनीहरूले बताएका छन्।
सुदूरपश्चिम प्रदेशमा आजसम्म् २ हजार ९१९ जनाको पीसीआर र १४ हजार ४७२ को आरडीटी परीक्षण भएको छ।
अहिलेसम्म पाँचजना कोरोना भाइरस संक्रमित देखिएकोमा चारजना निको भएर घर फर्किसकेका छन् भने एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार चलिरहेको छ।
" /> कैलाली। कोरोना भाइरस संक्रमण परीक्षण गर्ने किटको अभाव भएपछि सुदूरपश्चिममा आइसोलेसनमा राख्नुपर्ने बाहेककाको परीक्षण बन्द गरिएको छ।धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पीसीआर मेसिनमार्फत् हुने कोरोना परीक्षणका लागि चाहिने किटको अभाव भएपछि अहिले प्रयोगशालाले सीमित मात्रामा मात्रै परीक्षण गरिरहेको छ।

">