काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व अर्थमन्त्रीहरूले विश्वव्यापी महामारी कोभिड-१९ का कारण जोखिममा परेको अर्थतन्त्र सुधार गर्न विशेष प्याकेजको आवश्यकता रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले यो संकटलाई पुनर्निनिर्माण र नवनिर्माणको अवसरका रूपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने बताए।
भट्टराईले एकले अर्कालाई माग तेर्स्याउने नभइ देशको स्रोत साधनको उपलब्धताको अवस्थालाई हेरेर निजी क्षेत्रसँग समेत सहकार्य गरी राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्न सुझाएका छन्।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बढी जोखिममा रहेका र कम जोखिममा रहेका व्यवसायीहरुको सूची बनाइ प्राथमिकताको आधारमा राहत दिनुपर्नेमा जोड दिए।
विदेशबाट लाखौं नेपाली स्वदेश फर्किदा बेरोजगारी बढ्ने र रेमिट्यान्स घट्ने भएकाले स्वदेशमै आत्मनिर्भर बनाउन सम्भावनाको खोजी गर्नुपर्ने पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ थियो।
बैठकमा सहभागी उद्योगी व्यवसायीहरूले कोरोना कहरको सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको बताएका छन्।
यस्तै अन्य उत्पादनमूलक उद्योगहरु पनि सञ्चालन हुन नसक्दा समस्या भएको भन्दै उनीहरूले छिट्टै राहत प्याकेज नदिए उद्योग पुन सञ्चालन गर्न नसकिने र लाखौं श्रमिकहरूको रोजिरोटी गुम्ने बताएका छन्।
छलफलमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ, घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
" /> काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व अर्थमन्त्रीहरूले विश्वव्यापी महामारी कोभिड-१९ का कारण जोखिममा परेको अर्थतन्त्र सुधार गर्न विशेष प्याकेजको आवश्यकता रहेको बताएका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले यो संकटलाई पुनर्निनिर्माण र नवनिर्माणको अवसरका रूपमा परिणत गरी अर्थतन्त्रलाई नयाँ मोडमा लैजानुपर्ने बताए।

">