प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, भोलि डिस्चार्ज हुँदै

विराटगर। विराटनगरस्थित कोशी अस्पताल अन्‍तर्गतको कोरोना उपचार केन्द्रमा उपचाररत थप ८ जना संक्रमित निको भएका छन्।

योसँगै सबैभन्दा बढी ३१ जना संक्रमित भेटिएको प्रदेश १ मा निको हुनेको संख्या १४ जना पुगेको छ।

दोस्रो र तेस्रो पटक थ्रोट स्वाबको परिक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनीहरूलाई भोलि, २६ वैशाखमा डिस्चार्जको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले जानकारी दिएको छ।

निको भएकाहरू भारतीय र नेपाली नागरिकहरू छन्। उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा संक्रमित फेला परेका थिए।

भोलि ८ जना डिस्चार्ज भएपछि अस्पतालमा १७ जना रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्