टाईम्स अफ ईण्डियामा प्रकाशित समाचार अनुसार गोवामा रहेका स्वदेश फर्किन चाहने ८० हजार नेपालीले नाम दर्ता गरिसकेका छन्।
गोवा सरकारले नेपाल फर्किन चाहनेहरुका लागि बस र रेल सहितको सुबिधा उपलब्ध गराउने तयारी गरिरहेको बताईएको छ।
गोवा सरकारले त्यहाँ रहेका नेपालीहरूलाई नेपालको सीमासम्म पुर्याउने जनाएको छ।
उनीहरूलाई दुई दिनभित्र फिर्ता हुने व्यवस्था मिलाउने गरी रेल सेवासँग छलफल भइरहेको मुख्यमन्त्री सावन्तले बताएका छन्।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भारतमा जारी गरिएको तेस्रो चरणको लकडाउनका कारण त्यहाँ रोजगारीमा रहेका नेपालीहरू अलपत्र परेका छन्।
गोवामा समुन्द्र बीचमा रहेका होटल, रेष्टुरेण्टमा कुक, वेटरलगायतका कार्यमा नेपालीहरु संलग्न रहँदै आएका छन्।
" /> टाईम्स अफ ईण्डियामा प्रकाशित समाचार अनुसार गोवामा रहेका स्वदेश फर्किन चाहने ८० हजार नेपालीले नाम दर्ता गरिसकेका छन्।गोवा सरकारले नेपाल फर्किन चाहनेहरुका लागि बस र रेल सहितको सुबिधा उपलब्ध गराउने तयारी गरिरहेको बताईएको छ।

">