धादिङमा कुकर बम भेटियो, सेनाद्वारा डिस्पोजको तयारी

धादिङ। धादिङको धुनिबेंशी नगरपालिका-६, चालिसेमा कुकर बम फेला परेको छ।

सडकमा राखिएको ढाट नजिकै जेब्रा झोलाभित्र बिहान प्रहरीले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले देखापढीलाई बताए।

नेपाली सेनाको बम डिस्पोजल टोली कुकर बम राखिएको ठाउँमा पुगेर डिस्पोज गर्ने तयारी भइरहेको डीएसपी खड्काले बताएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्‍ट पार्टीले कुकर बम राखेको प्रहरीको आशंका छ।

नेत्रविक्रम चन्द समूहले आफ्ना नेता तथा कार्यकर्ताहरुको पक्राउको विरुद्ध आज प्रदर्शन गर्ने सार्वजनिक गरेको थियो।

चन्द समूहका २१ जना नेता,कार्यकर्ताहरु ३० असोजमा दाङबाट हतियारसहित पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्