नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो, कपिलवस्तुमा भेटिए दुई संक्रमित

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार कपिलवस्तुका दुई जनामा आज संक्रमण देखिएको हो।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-८ का दुई पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा‍‍. समिरकुमार अधिकारीले बताएका छन्।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणपछि १६ र २२ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको रहेको सहप्रवक्ता डा‍‍. अधिकारीले बताएका छन्।

मन्त्रालयले आज राति ८:४० बजे अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या १०१ पुगेको हो।

यसमध्ये १३ जना निको भएर घर फर्किएका छन्। १६ जना निको भएकोमा तीनजनामा फेरि संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्