सावधानी अपनाउँदै विकास निर्माणमा जुट्नु आवश्यक : मुख्यमन्त्री गुरुङ
<p>पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्णरुपमा लकडाउनको पालन गर्दै विकास निर्माणमा जुट्नुपर्ने बताएका छन्।</p>
<p>पोखरा महानगरपालिका-२२ चिसापानीस्थित फुस्रेखोलामा निर्माणधीन पक्की पुलको आज स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री गुरुङले कोभिड-१९ को जोखिमका कारण अर्थतन्त्र प्रभावित भएको अहिलेको अवस्थामा निर्माण र उत्पादनलाई अघि बढाउनुको विकल्प नभएको बताएका छन्।</p>
<p>विकास निर्माणलाई रोक्दा त्यसले समग्र अर्थतन्त्रका साथै मजदूरको जिविकामा समेत असर पुग्‍ने उनको भनाइ थियो।</p>
<p>निर्माणको काम प्रभावित हुने गरी सामग्रीको उपलब्धता, ढुवानीलगायतमा समस्या हुन नदिने गुरुङले प्रतिवद्धता जनाएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्