नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती
<p>कञ्‍चनपुर। सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कञ्चनपुरको दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती कार्य शुरु गरेका छन्।</p>
<p>तिहारलगायतको चाडपर्वमा सीमा क्षेत्रमा बढ्नसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्न संयुक्त गस्ती थालिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताएका छन्।</p>
<p>सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमा स्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको भन्दै इन्सपेक्टर चन्दले भने, “चाडपर्वमा हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनेछौं।” </p>
<p>संयुक्त गस्तीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका ११ जवान र इप्रका बेलौरीका ११ जवान खटिएका छन्। त्यस्तै एसएसबी कमलापुरी कम्पनीका ६ जना छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्