क्यानडामा कोभिड-१९ विरुद्धका फ्रन्टलाइन कार्यकर्ताको तलब बढाइँदै
<p>ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कोभिड-१९ विरुद्धको लडाईंमा फ्रन्टलाइनमा खटिइरहेका कार्यकर्ताको तलब बढाउने घोषणा गरेका छन्।</p>
<p>बीबीसीका अनुसार त्यसका लागि उनले तीन अर्ब डलरको कोष खडा गर्ने घोषणा पनि गरेका छन्। </p>
<p>स्थानीय समयअनुसार बिहीबार आफ्नो दैनिक प्रेस ब्रिफिङमा उनले भने, “यो चलिरहोस् भन्‍ने भावनाका साथ यदि तपाईं आफ्नो ज्यान हत्केलामा राखेर काम गरिरहनुभएको छ भने तपाईं तलबमा बढोत्तरीका लागि हकदार हुनु हुन्छ।”</p>
<p>उक्त कोषको रकम सबै प्रान्तमा बाँडिने र त्यसपछि मात्र वितरण अगाडि बढाइने उनले बताए। अत्यावश्यक कर्मचारीहरू प्रायः न्यूनतम तलबको नोकरीमा हुने भएकाले तलब वृद्धिको निर्णय लिइएको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्