पीपीई माग्दै चिकित्सकले चिच्याए छतमा निस्केर (भिडिओ)

लन्डन। बेलायतमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) माग्दै चिकित्सकहरूले छत-छतमा निस्केर चिच्याएका छन्।

स्थानीय समयअनुसार बिहीबार उनीहरूले भाँडा ठटाउँदै चिच्याएर पीपीईको माग गरेका हुन्।

कोभिड-१९ विरुद्ध फ्रन्टलाइनका योद्धालाई हौसला प्रदान गर्न बेलायतभर बिहीबार ताली बजाउने कार्यक्रम तय भएको थियो।

द गार्जियनका अनुसार प्रधानमन्त्री बोरिस जोनसन पनि आफ्नो सरकारी निवासबाट त्यसमा सहभागी भए।

लन्डनको ह्याक्नीमा बस्‍ने एक चिकित्सकले पानी तताउने भाँडो हातमा लिए र त्यसको पछाडिपट्टि चम्चीले बजाउँदै भने- “क्ल्याप फर पीपीई”।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस्