बुन्डेसलिगाको मिति तय, १६ मेदेखि शुरू हुने
काठमाडौं। कोभिड-१९ महामारीका कारण स्थगित जर्मन बुन्डेसलिगा १६ मेबाट बन्द रंगशालामा हुने भएको छ। यससँगै महामारीका कारण स्थगित भएर पुन: शुरू हुने बुन्डेसलिगा युरोपको पहिलो लिग बनेको छ।

सिजन पुन: शुरू हुँदाका खेलहरूमध्ये एक साल्के र बोरुसिया डर्टमन्डको डर्बी खेल पनि छ। साविक विजेता बायर्न म्युनिखले आइतबार युनियन बर्लिनको भ्रमण गर्नेछ। बायर्न दोस्रो स्थानको डर्टमन्डभन्दा चार अंकको अग्रतासहित शीर्ष स्थानमा छ।

बुन्डेसलिगाका धेरै जसो क्लबले नौ चरणका खेल खेल्न बाँकी छन्। सिजनको अन्तिम खेल २७ र २८ जुनमा हुनेछ।

जर्मन फुटबल संघ (डीएफबी)ले लिग पुन: शुरू गर्दा कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको खेलाडीको कोभिड-१९ परीक्षण अनिवार्य गरिएको बताएको छ। त्यस्तै दर्शकलाई पूर्ण रूपमा बन्देज लगाइने जनाएको छ।

खेलाडी, कर्मचारी र अन्य अफिसियल गरी रंगशालामा खेल हुने दिन लगभग तीन सयको हाराहारीमा मान्छे हुने बताइएको छ। बुन्डेसलिगा १३ मार्चदेखि स्थगित थियो। क्लबहरूले अप्रिलको मध्यबाट तालिम शुरू गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्