रेलले किचेर १४ मजदुरको मृत्यु

मुम्बई। महाराष्‍‍ट्रको औरंगावादमा मालवाहक रेलले किचेर १४ जना मजदुरको मृत्यु भएको छ।

ती मजदुर रेलको लिकमा सुतिरहेको हुन सक्ने अधिकारीहरूको अनुमान छ।

देशव्यापी लकडाउनका कारण भारतभर रेल सेवा ठप्प रहेकाले मजदुरहरू लिकमै सुतिरहेको हुन सक्ने अधिकारीहरू बताउँछन्।

घटनामा गम्भीर घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान साढे ६ बजेतिर उक्त घटना भएको भारतीय दक्षिण-मध्य रेलवेका चिफ पीआरओले बताएका छन्।

औरंगावादकी एसपी मोक्षदा पाटिलका अनुसार मृतक र घाइते सबै मजदुर स्थानीय एक स्टिल फ्याक्ट्रीमा काम गर्थे। भुसावल नामक स्टेसनबाट रेल चढेर घर जान पाइने आशामा उनीहरू त्यता जाँदै गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्