तेस्रो पटक बिक्री भयो अम्बानीको जिओ टेलिकमको सेयर, भिस्टालाई २.३२ प्रतिशत स्वामित्व

नयाँदिल्ली। भारतीय अर्बपति मुकेश अम्बानीले भिस्टा इक्‍विटी पार्टनरलाई जीओ टेलिकमको २.३२ प्रतिशत सेयर बिक्री गरेका छन्।

इकोनोमिक टाइम्सका अनुसार अम्बानीले ११ हजार ३६७ करोड भारतीय रुपैयाँमा अमेरिकी कम्पनी भिस्टालाई उक्त परिमाणको सेयर बिक्री गरेका हुन्।

अम्बानीले तेस्रो पटक जीओ टेलिकमको सेयर बिक्री गरेका हुन्। यसअघि उनले अमेरिकी कम्पनी फेसबुक र सिल्भरलेकलाई कम्पनीको सेयर बेचेका थिए।

जीओले फेसबुकलाई ९.९ प्रतिशत स्वामित्व र सिल्भरलेकलाई १.१५ प्रतिशत सेयर स्वामितव बिक्री गरिसकेको छ।

भारतमा ३८ करोड ८० लाख प्रयोगकर्ता भएको जीओ टेलिकमको सम्पत्ति ६० हजार ५९६ करोड भारु छ। यो रिलायन्स इन्ड्रस्ट्रिज लिमिटेडको सहायक कम्पनी हो।

हालै जीओमा लगानी गरेको भिस्टा प्राविधिक इक्‍विटी फन्ड हो, जसले २० वर्षदेखि भारतमा प्रविधिलगायत क्षेत्रमा लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्