हिजाे स्वाब परीक्षण गरिएका सांसद् तथा कर्मचारीकाे काेभिड-१९ रिपोर्ट नेगेटिभ

काठमाडाैं। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद् तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हिजाे, २५ वैशाखमा परीक्षण गराएका सबै ४३४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

तीमध्ये २१२ सांसद् र बाँकी संसद् सचिवालयका कर्मचारी थिए। उनीहरू सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको थियो।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन शुरू हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो।

महाशाखा निर्देशक डा. पाण्डेका अनुसार हिजाे परीक्षण नभएका सांसद्को आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्