दीगो विकास लक्षमा केन्द्रित भएर नीति तथा कार्यक्रम बनाउन सुझाव
काठमाडौं। राष्ट्रिय सभाको दीगो विकास समितिले दीगो विकासले निर्धारण गरेको लक्ष पूरा हुने गरी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिएको छ।
आज विज्ञ र सांसादहरुसँगको छलफलपछि समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-१९ विश्वकै मुद्दा भएकोले नेपालले नयाँ ढंगले विकासलाई अघि बढाउनुपर्ने बताइन्।
जलविद्युतलाई प्रवर्द्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूला होटलहरूको सट्टा होम स्टेहरूकोप्रवर्द्धन गर्नुपर्ने उनको जोड छ।
सांसद भैरवबहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए।
सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालनतर्फ ध्यान दिएर प्राङ्गारिक कृषिको प्रवर्द्धन गर्न सकिने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्