काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुलाई संसद अधिवेशनमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध भएर अघि बढ्न लिखित निर्देशन दिएका छन्।
'संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ', नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले निर्देशनमा भनेका छन्।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारणले भिन्न र असहज परिस्थिति निर्माण भएकाले अधिवेशन प्रारम्भ हुनुअघि संसदीय दलको बैठक बस्न नसकेको प्रधानमन्त्रीले बताएका छन्।
अहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्नुपर्ने लगायत स्वास्थ्य सम्बन्धी विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र चिकित्सकीय मापदण्ड पालना गर्नुपर्ने भएको र त्यही अनुसार सिट व्यवस्थापन लगायत व्यवस्था गर्न नसकिएकोले हुँदा बैठक बस्न नसकेको उनले बताए।
संसदीय दलको बैठक बस्न नसके पनि दुई पार्टी अध्यक्षसहित संसदीय दलका पदाधिकारीहरुबीच भने आज बिहान छलफल भएको थियो।
बजेट अधिवेशन अघिको रणनीति तय गर्न बिहान पदाधिकारीहरुले छलफल गरेका थिए।
बिहानकै बैठकमा सांसदहरुलाई लिखित रुपमा निर्देशन दिने बारे छलफल भएको थियो।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुलाई संसद अधिवेशनमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध भएर अघि बढ्न लिखित निर्देशन दिएका छन्।'संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ', नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले निर्देशनमा भनेका छन्।

">