काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गरेको संघीय संसदको वर्षे अधिवेशन आजदेखि शुरू भएको छ। बानेश्वरस्थित संसद भवनमा दुवै सदनका छुट्टाछुट्टै बैठक अहिले दिउँसो ४ बजेदेखि शुरू भएको हो। प्रतिनिधि सभाको छैंठौ बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शुरूमा राष्ट्रपतिले संसदको अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएका थिए।
त्यसपछि कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवैधानिक परिषदसम्बन्धी र राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश खारेज गरी साबिकका ऐनको व्यवस्था जगाउने अध्यादेश पेश गरिन्।
१२ वैशाखमा राष्ट्रपतिले जारी गरेको यो अध्यादेश संसदको सदनबाट पास गराउन सरकारले पेश गरेको हो।
संसदको यही अधिवेशनमा १५ जेठमा अर्थमन्त्रीले आगामी वर्षका लागि बजेट पेश गर्नेछन्। वैशाख महीनाभित्र नै संसदमा प्रि बजेट छलफल सकिनेछ। त्यसपछि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले 'काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७४ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक' टेबुल गरे।
त्यस्तै आजै शुरू भएको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएका थिए। राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा पेश गरिएकै अध्यादेश पेश गरिएको छ।
दुवै सदनमा पहिलो संविधान सभाका सदस्यहरू प्रा. डा. विश्वनाथप्रसाद अग्रवाल (७५ वर्षको उमेरमा ३० फागुन २०७६ मा निधन) र शिवनारायण उराव (६१ वर्षको उमेरमा १ वैशाख २०७७ मा निधन) को निधनमा शोक प्रस्ताव पेश गर्ने गर्ने कार्यसूची छ।
" /> काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गरेको संघीय संसदको वर्षे अधिवेशन आजदेखि शुरू भएको छ। बानेश्वरस्थित संसद भवनमा दुवै सदनका छुट्टाछुट्टै बैठक अहिले दिउँसो ४ बजेदेखि शुरू भएको हो। प्रतिनिधि सभाको छैंठौ बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शुरूमा राष्ट्रपतिले संसदको अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाएका थिए।त्यसपछि कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संवैधानिक परिषदसम्बन्धी र राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश खारेज गरी साबिकका ऐनको व्यवस्था जगाउने अध्यादेश पेश गरिन्।

">