१०२ पुग्यो कोरोना संक्रमितको संख्या, नेपालगञ्जमा थप एकजनामा संक्रमण

काठमाडौं।थप एकजनामा कोभिड-१९ फेला परेको छ।

भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एकजनामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनी १६ वर्षीय पुरुष हुन्। यो सहित नेपालमा कूल संक्रमित १०२ जना पुगेका छन्।

निको हुनेको संख्या ३० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्