२८ वैशाखबाट प्रतिनिधि सभामा पूर्वबजेट छलफल शुरू हुने
<p>काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि ल्याउने बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा संघीय संसदको प्रतिनिधिमा २८ वैशाखबाट छलफल शुरू हुने भएको छ।</p>
<p>प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले २८ वैशाखमा बस्ने बैठकमा पूर्वबजेट छलफल शुरू हुने जानकारी संसद्लाई गराएका छन्।</p>
<p>आजबाट संघीय संसद‍्को दुवै सदनको बजेट अधिवेशन शुरू भएको छ। संसद्‍मा बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडि नै पूर्व बजेट छलफल भइसक्नु पर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ।</p>
<p>१५ जेठमा सरकारले आगामी आर्थिक वर्षको लागि आय र व्ययको अनुमानित विवरण (बजेट) संसद्‍मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। कोरोना महामारीका बीचमा पनि सरकारले बजेट तयारीको कामलाई तीव्रता दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्