काठमाडौं। कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला आज प्रतिनिधि सभाको छैठौं अधिवेशन (बजेट अधिवेशन) शुरू भएको छ।
बर्षे अधिवेशनसमेत भनिने यो अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका नेताहरूले सम्बोधन गरे।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, समाजवादी पार्टीका बाबुराम भट्टराई, राजपाका राजेन्द्र महतोलगायतले कोभिड-१९ विरुद्धको लडाईंमा केन्द्रित हुनुपर्ने धारणा राखे।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो दिनको बैठक समापनको घोषणा गरे।
अब २८ वैशाखमा प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ, जहाँ अर्थमन्त्री डा. युवराज खतिवडाले प्रि-बजेट छलफलका लागि बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी अवधारणा प्रस्तुत गर्नेछन्।
प्रि-बजेट छलफल ३० वैशाखसम्म चल्नेछ। र, त्यसपछि २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन्।
यसपालिको बजेट कोरोना महामारीमा केन्द्रित हुनुपर्ने माग सत्तारुढ र प्रतिपक्ष दुवैथरी दलका नेताहरूले गरेका छन्।
४, ५ र ६ जेठमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएपछि त्यसमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले देखापढीलाई बताए।
१३ जेठमा अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। र, १५ जेठमा उनले नै आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेछन्।
त्यसपछि बजेटमाथिको छलफल शुरू हुनेछ। संसद सचिवालयका प्रवक्ता पाण्डेका अनुसार त्यसपछि पेश हुने आर्थिक विधेयकहरूमाथि छलफल गर्न क्रमशः कार्यसूचि तय हुँदै जानेछ।
विशेष र शून्य समय नरहन सक्ने
१५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना संक्रमणको महामारीकै बीच संसद अधिवेशन शुरू भएको हो। त्यहीकारण यसपालि सधैँभन्दा ढीलो बजेट अधिवेशन शुरू भयो।
गत वर्ष १६ वैशाखमै संसद अधिवेशन शुरू भएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष २१ वैशाखमा शुरू भएको थियो।
ढीलो शुरू भएकाले यसपालि धेरै प्रक्रिया छोट्याएर अघि बढ्ने समझदारी दलहरूबीचमा भएको छ।
अबका बैठकमा विशेष समय र शून्य समय नरहनेगरी छलफलअघि बढाइएको छ। यद्यपि, ती समय राख्ने तर कम गर्ने तयारी पनि छ।
कार्यव्यवस्था परामर्श समितिले विशेष र शुन्य समय राख्ने वा नराख्ने, राख्ने हो भने कति राख्ने भन्नेबारे तय गर्न बाँकी रहेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
संसद अधिवेशन ढीलो सुरु हुँदा विपक्षी दलदेखि सांसदहरूले समेत आफ्ना धारणा राख्न नपाएको गुनासो सुन्ने गरिन्छ।
यस्तो अवस्थामा कसरी बैठक चलाउने त ? संसद सचिवालयका प्रवक्ता पाण्डेले भने, “संसद बैठकको अवधि लामो नबनाउने अर्थात छोट्याएर अघि बढाउने समझदारी बनेको छ, यसपटक पहिले भन्दा शून्य र विशेष समय कम हुन्छ।”
राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले राज्यलाई चाहिने अत्यावश्यक कुरा बैठक छोट्याएर वा लम्ब्याएर भए पनि ल्याउनुपर्ने बताए।
“कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो आर्थिक वर्षलाई चाहिने बजेट ल्याउनुपर्छ, यसमा कसैको विमती हुनुहुँदैन”, उनले देखापढीसँग भने।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटलाई कोरोनामा केन्द्रित गर्न माग गरे।
सत्तारुढ नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि त्यसमा शंका नगर्न आग्रह गरे।
आउँदो बजेटमा दीर्घकालीन र नयाँ योजनाहरू नहुने लगभग निश्चित भएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा त्यसका दुष्प्रभावमा केन्द्रित हुने बजेट श्रमिकको जीविकोपार्जनमा केन्द्रित हुनुपर्ने माग पनि हुँदै आएको छ। बिडारीले भने, “त्यसकारण विगतका भन्दा यो वर्षको बजेट धेरै फरक हुनेछ।”
" /> काठमाडौं। कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला आज प्रतिनिधि सभाको छैठौं अधिवेशन (बजेट अधिवेशन) शुरू भएको छ।बर्षे अधिवेशनसमेत भनिने यो अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका नेताहरूले सम्बोधन गरे।

">