अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति दुवैका सहयोगीलाई कोरोना भाइरस संक्रमण

वासिङ्टन। अमेरिकाका उपराष्‍ट्रपति माइक पेन्सकी सहयोगीमा कोभिड-१९ पोजिटिभ पाइएको छ।

एक दिनअघि अमेरिकी राष्‍ट्रपति कार्यालय ह्वाइटहाउसका एक स्टाफ सदस्य तथा राष्‍ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीमा पनि कोभिड-१९ पोजिटिभ पाइएको थियो।

उपराष्‍ट्रपति पेन्सकी प्रेस सेक्रेटरी क्याटी मिलरलाई कोराना भाइरस संक्रमण पाइएको हो।

सहयोगीमा संक्रमण देखिएपछि राष्‍ट्रपति ट्रम्प र उपराष्‍ट्रपति पेन्स दुवैको दैनिक परीक्षण गर्न थालिएको छ। दुवैलाई सुरक्षित राख्‍न सबै प्रकारका सावधानी अपनाइएको सरकारले बताएको छ।

अमेरिकामा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ७६ हजार नाघिसकेको छ।

प्रतिक्रिया दिनुहोस्