पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप
काठमाडौं। रौतहटमा इँटाभट्टामा कार्यरत् मजदुरलाई १२ वर्षअघि जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई रौतहट जिल्ला अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

२६ असोजमा पक्राउ परेका पूर्वमन्त्री आलमलाई जिल्ला अदालतले २८ असोजमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। आज जिल्ला अदालतबाट उनलाई दोस्रो पटक म्याद थपिएको हो।

जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले आराेपीकाे बयान नसकिएकाले आजदेखि गणना हुने गरी पाँच दिन म्याद थप गरिएकाे देखापढीलाई बताए । न्यायाधीश  चाणकमणि अर्यालकाे इजलासले म्याद थपकाे आदेश दिएकाे हाे ।

आलममाथि २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ। संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैत्र २०६४ मा भएको त्यो घटनाको अनुसन्धानका लागि उनलाई ७ दिनअघि पक्राउ गरिएको थियो।

आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्