"> प्रदेश ५ का मुख्यमन्त्री पाेखरेलले भने- ‘सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हाेऔं’: Dekhapadhi
प्रदेश ५ का मुख्यमन्त्री पाेखरेलले भने- ‘सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हाेऔं’
काठमाडाैं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन आग्रह गरेका छन्।

फेसबुकमा आज उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका हुन्।

“लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन्। उनले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका  नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरेका छन्।

उनले भनेका छन्, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्यरूपमा कोभिड-१९ को परीक्षण गराएर मात्र घर जानुहोला। परीक्षण निःशुल्क छ।”

यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजिकको क्वारेन्टाइनमा राख्न लगाउन आग्रह गरेका थिए। उनले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्