जुम्ला। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला पुगेका छन्।
एक हप्ताको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय घर पुगेका हुन्। रोजगारीका लागि उनीहरू तीन महीनाअघि पिथौरागढ गएका थिए। हप्ता दिनको पैदलयात्रा गरेर यसै साता उनीहरू घर पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए।
उनका अनुसार ती युवा भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर फर्किएका थिए। सीमापारी २१ दिन क्वारेन्टाइनमा बसेर फर्केका उनीहरूलाई अहिले गाउँपालिका–२ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ।
वडाध्यक्ष नैनसिंह रोकायले भने, “भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरूलाई क्वारेन्टाइनमा राखेका छौँ, पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौँ।”
बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थान गरी क्वारेन्टाइनमा राखेको छ। लकडाउन अवधिमा जुम्लामा १० हजार ७६५ भित्रिएका छन्।
५२१ श्ययाको क्वारेन्टाइनमा २३० जना बसेका छन् भने ८८० जना १४ दिनपछि घर फर्केको २६ वैशाखमा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन्।
२६ वैशाखसम्म ३७३ को पीसीआर र २५४ जनाको आरडीटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। रासस
" /> जुम्ला। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला पुगेका छन्।एक हप्ताको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय घर पुगेका हुन्। रोजगारीका लागि उनीहरू तीन महीनाअघि पिथौरागढ गएका थिए। हप्ता दिनको पैदलयात्रा गरेर यसै साता उनीहरू घर पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए।

">