क्वारेन्टाइनबाट निकालिएका नेपालीमाथि एसएसबीले गरे कुटपिट

कैलाली। भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट निकालिएका नेपालीहरूमाथि कुटपिट भएकाे छ।

क्वारेन्टाइनबाट निकालिदिएपछि हिँडेरै सीमासम्म पुगेका बेला सीमामा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुटेको पीडित डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका सुशील जोशीले बताए।

उनका अनुसार एसएसबीले कुटेर लखेटेकाे थियाे।

उत्तराखण्डस्थित रुद्रपुर र काशीपुरका क्वारेन्टाइनमा १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका छन्।

उनीहरू झण्डै ११५ किलोमिटर पैदल हिँडेर गय राति नेपाल-भारत सीमा क्षेत्रमा पुगेका थिए। एसएसबीले ‘तिमीहरूलाई नेपाल जान अनुमति छैन’ भन्दै कुटपिट गरेकाे जाेशी बताउँछन्।

भोकभोकै सीमामा पुगेका नेपालीहरू फर्केर १५ किलोमिटर टाढा खटिमा पुगेका छन्। “१४ दिन बितेपछि घर जाऊ भन्दै पठाए”, जाेशीले भने, “क्वारेन्टाइनमा बस्दा पनि राम्राे व्यवहार गरेनन्।”

प्रतिक्रिया दिनुहोस्