कैलाली। भारतले नेपाली भू-भाग कालापानी–लिपुलेक हुँदै मानसराेवर जाने सडक बनाएकाे विराेधमा सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतकाे नेपाली कांग्रेस संसदीय दलले प्रदर्शन गरेकाे छ।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कांग्रेसले विराेध प्रदर्शन गरेकाे हाे।
नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्न र भारतले मिचेको नेपाली भू-भाग फिर्ताका लागि पहल गर्न सरकारसँग माग गरे।
उनले भारतमा अलपत्र परेका नेपालीहरूको यथाशीघ्र उद्धार गर्न समेत नेपाल सरकारसँग आग्रह गरे।
भारतमा रहेका लाखौँ नेपाली लकडाउनका कारण अत्यन्त कष्टपूर्ण जीवन बिताइरहेको बताउँदै नेता रावलले नेपालीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरे।
“लाखौँ नेपाली लकडाउनमा फसेका छन्। उनीहरू खाना नपाएर छटपटिएका छन्, यो देश उनीहरूको पनि हो”, उनी भन्छन्, “नेपाली जनताकाे सुरक्षा गर्नु सरकारको दायित्व हो, सरकार दायित्व विमुख हुनु दुर्भाग्यपूर्ण हो।”
नेता रावलले सीमामा अलपत्र परेका र डेढ महीनादेखि क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई पनि तत्काल नेपाल भित्र्याउन सरकारसँग आग्रह गरे।
भारतको दिल्लीमा भोकका कारण मृत्यु भएको भनिएका नेपालीको शव नेपाल ल्याउन पहल गर्न पनि उनले माग गरे।
" /> कैलाली। भारतले नेपाली भू-भाग कालापानी–लिपुलेक हुँदै मानसराेवर जाने सडक बनाएकाे विराेधमा सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतकाे नेपाली कांग्रेस संसदीय दलले प्रदर्शन गरेकाे छ।सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कांग्रेसले विराेध प्रदर्शन गरेकाे हाे।

">