२४ वैशाखमा ‘प्रेस’ टाँसिएको बा १२ च ५४५ नम्बरको गाडी पोखराबाट काठमाडौंको मुख्य नाका थानकोटमा आइपुग्यो। थानकोटका प्रहरीले चालकलाई पास वा परिचयपत्र देखाउन भने। उनले देखाउन नसकेपछि सुरक्षकर्मीले उक्त गाडीलाई फिर्ता पठाइदिए। त्यसरी ‘प्रेस’ वा ‘खाद्य ढुवानी’ लेखेर टाँसिएको त्यो एक्लो गाडी थिएन। अरु त्यस्तै गाडी पनि प्रहरीले फर्काइरहेका थिए।
२५ वैशाखमा त्यसैगरी काठमाडौं भित्रिन खोज्ने ९३ सवारीलाई पनि प्रवेश दिइएन। थानकोट नाकामा रहेका सुरक्षाकर्मीले ‘जुन ठाउँबाट आएको त्यहीँ जानू’ भनेर फकाईदिए।
प्रहरीले २३ वैशाखमा ११६ वटा, २२ वैशाखमा १०३ र २१ वैशाखमा ३७ वटा सवारीलाई नागढुंगाबाट फर्काइदिएको थियो।
बिना पास हिँडेका, पुरानो पास देखाएर हिँडेका, यात्रु बोकेका एम्बुलेन्स र एक ठाउँको पास बनाएर अर्को क्षेत्रमा हिँडेका गाडी र मोटरसाइकललाई आफूहरूले फर्काइरहेको महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठ बताउँछन्।
“पासको बाहनामा मानिसहरूलाई ओसारपसार गर्ने क्रम बढेकाले हामीले त्यस्ता सवारीलाई काठमाडौं छिर्न दिएका छैनौँ”, डीएसपी श्रेष्ठ भन्छन्।
त्यसरी फिर्ता पठाइएका सवारी साधन धादिङ, चितवन, कास्कीदेखि लिएर तराइका जिल्लाबाट समेत आएको प्रहरीले जनाएको छ। अचम्म त के भने लामो दूरी पार गरेर थानकोटसम्म आइपुग्दा कसैले पनि ती सवारीको जाँच गरेको हुँदैन। न त अनुमति पत्र नै जाँच गर्छ। त्यसरी जाँच हुनेभए ती सवारी साधन थानकोट आएर फर्किनु पर्नेथिएन।
यसरी बिना जाँच आएर थानकोटबाट फर्किँदा सरकार त्यहाँमात्रै भएको हो कि भन्ने अनुभूति भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन्।
गाडी गुड्न लाग्दा नै रोकिदिएको भए मानिसहरूलाई यति सास्ती नहुने उनको टिप्पणी छ। ‘सरकारका कामहरू किन यति कच्चा भइरहेका छन् ? भनाइ र गराइमा तालमेल नमिल्दा जति मिहिनेत गरे पनि नतिजा राम्रो आउँदैन’, उनले ट्वीटरमा टिप्पणी गरेका छन्।
उता विभिन्न जिल्लाका अधिकारीहरू भने आफूले सवारी साधनलाई त्यसरी जान अनुमति नदिएको दावी गर्छन्।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने २४ वैशाखबाट नै सवारी पास दिन रोकेको बताउँछन्। अत्यावश्यक बाहेकका सबै पास दिन बन्द गरिएको भन्दै पहिला जारी गरिएको पासको पनि म्याद सकिएको उनको जिकिर छ।
“अहिले प्रशासनले कसैलाई पनि पास जारी गरेको छैन। मानवीय संवेदना हेरेर अत्याश्यक सेवाका लागि मात्र पास दिइएको छ। अरु कसैलाई पनि पास दिएका छैनौं”, सीडीओ तामाङ भन्छन्।
उनी आफूहरूले रोकेर मात्र सम्भव नभएकाले अरु जिल्लाले पनि निस्कन नपाउने गरी कडाइ गर्नुपर्ने धारणा राख्छन्। भन्छन्, “चितवन, पोखरा, तनहुँ लगायतका प्रशासनले पनि कडाइ गरेर यता आउनै दिनुहुँदैन। हामीले मात्र कडा गरेर हुने रहेनछ।”
त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल पनि अहिले पास जारी गर्न रोकिएको बताउँछन्। अत्यावश्यक कामका लागि मात्र पास जारी गरिए पनि त्यसरी पास बनाउनेले गलत मनसाय राख्दा समस्या परिरहेको उनले बताए।
प्रशासनले अहिले एम्बुलेन्स, किरियामा बसेका केही व्यक्ति, जिल्लाका सांसद् लगायत सीमित मात्रामा पास जारी गरिएको उनको भनाइ छ। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अत्यावश्यक बाहेक अन्य कामका लागि पास जारी नगर्न निर्देशन दिएकाले त्यही अनुरूप पास जारी गरिएको सीडीओ ढकाल बताउँछन्।
तर, गलत कारण देखाएर पास बनाउनेका कारण समस्या पाइरहेको उनको गुनासो छ। भन्छन्, “काठमाडौंको मेरो मान्छे बिरामी छ, कुरुवा बस्न जानुपर्ने छ भनेर पास बनाउँछन्। तर, उनीहरूको मनसाय अर्को मान्छेलाई काठमाडौं पुर्याउने वा काठमाडौंमा भएका मान्छेलाई पोखरा ल्याउने हुन्छ। यस्तो गर्दा उनीहरू आफैंले दुःख पाइरहेका छन्।”
" /> २४ वैशाखमा ‘प्रेस’ टाँसिएको बा १२ च ५४५ नम्बरको गाडी पोखराबाट काठमाडौंको मुख्य नाका थानकोटमा आइपुग्यो। थानकोटका प्रहरीले चालकलाई पास वा परिचयपत्र देखाउन भने। उनले देखाउन नसकेपछि सुरक्षकर्मीले उक्त गाडीलाई फिर्ता पठाइदिए। त्यसरी ‘प्रेस’ वा ‘खाद्य ढुवानी’ लेखेर टाँसिएको त्यो एक्लो गाडी थिएन। अरु त्यस्तै गाडी पनि प्रहरीले फर्काइरहेका थिए।२५ वैशाखमा त्यसैगरी काठमाडौं भित्रिन खोज्ने ९३ सवारीलाई पनि प्रवेश दिइएन। थानकोट नाकामा रहेका सुरक्षाकर्मीले ‘जुन ठाउँबाट आएको त्यहीँ जानू’ भनेर फकाईदिए।

">