बाँकेका धार्मिकस्थलमा प्रशासनको अनुगमन
<p>बाँके। नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिकस्थलमा निगरानी बढाएको छ।</p>
<p>कोरोना भाइरस संक्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।</p>
<p>उनका अनुसार कोरोना संक्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै धार्मिकस्थलमा निगरानी थालिएको हो।</p>
<p>कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको नेतृत्वमा काेहलपुरमा रहेका मन्दिर, मस्जिद र चर्चको अनुगमन गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्