चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले ती सामग्री आज नेपाल आइपुगेको जानकारी दिएकी हुन्।

हिमालय एअरलाइन्सको जहाजले आज उक्त सामान नेपाल ल्याएको हो। राजदूत यान्छीले ट्वीटरमार्फत उक्त अनुदानमा नेपाललाई दिइएको स्वास्थ्य सामग्रीको पहिलो लट ल्याइएको बताएकी छिन्।

तर, चीनले नेपाललाई कति सामाग्री अनुदानमा दिएको छ भन्ने खुलाइएको छैन।

आज काठमाडौं आइपुगेको स्वास्थ्य सामग्रीमा टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स लगायत छन्।

प्रतिक्रिया दिनुहोस्