काठमाडौं। उदयुपुरमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
विराटनगरमा गरिएको परीक्षण ४३ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको उदयपुरका जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।
योसँगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ।
आज साँझ मात्रै पीसीआर परीक्षणको रिपोर्ट आएकोले उनलाई २८ वैशाख (भोलि) मात्रै अस्पताल लैजाने सुवेदीले बताए।
उनका श्रीमानलाई पनि कोरोना पोजिटिभ भएपछि उपचार गराइरहेका छन्।
उनका दुई छोराहरू विदेशमा रहेको र घरमा उनीहरू श्रीमान-श्रीमति मात्रै बस्दै आएको सुवेदीले बताए।
त्रियुगा नगरपालिकाको भूल्केमा आज बिहान तीन जना महिलामा कोरोना पाेजिटिभ देखिएको थियो।
पछिल्लो संक्रमित महिला पनि भुल्केकै हुन्।
उदयपुरमा मात्र संक्रमितको संख्या ३२ पुगेको छ।
आज मात्रै उदयपुर, कपिलवस्तु र पर्सामा गरेर आठजना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। उदयुपुरमा थप एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।विराटनगरमा गरिएको परीक्षण ४३ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको उदयपुरका जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।

">