रूकुमपूर्व। र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरूलाई जाँचबिनै घर पठाउन थालिएको छ।
प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरूको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ। भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका २०० भन्दा बढी व्यक्तिलाई जाँचबिनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए।
क्वारेन्टाइनबाट घर पठाइएका उनीहरूलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ। प्रशासन कार्यालयको तथ्यांकअनुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडीटी गरिएको छ।
कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो। त्यसमध्ये १२९ जनाको आरडीटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ। प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताए। रासस
" /> रूकुमपूर्व। र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरूलाई जाँचबिनै घर पठाउन थालिएको छ।प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

">