एनआरएनएको अभियानः बिदा मनाउन नेपाल जाऔं
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘बिदा मनाउन नेपाल जाऔं’ अभियान सञ्चालन गर्ने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एनआरएनएले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई छुट्टिको समयमा नेपाल जानका लागि आह्वान गर्ने भएको हो ।

यस्तै विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ पनि अभियान सञ्चालन गर्ने भएको छ।

आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यबीच १७ बुँदे सम्झौतामा सबैभन्दा बढी विदेशी साथीहरू नेपाल पठाउने व्यक्ति वा संघ, संस्थालाई नेपाल सरकारले सम्मान गर्ने पनि उल्लेख गरिएको छ।

सम्झौतामा विश्वभर गरिने एनआरएनएको औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम सो भ्रमण वर्षलाई लक्षित गरी नेपालमा नै आयोजना गर्ने व्यवस्था मिलाउने पनि उल्लेख गरिएको छ।

कार्यक्रममा वैद्यले राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न गैर आवासीय नेपालीहरूलाई आवश्यक सहयोग गर्न आग्रह गरे। वैद्यले भ्रमण वर्षको प्रचार अभियानलाई विश्वभर सञ्चालन गर्ने बताए।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तले नेपालको समृद्धिका लागि पुँजी र प्रविधि भित्र्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशस्थित नेपाली नियोग र दूतावासहरूमा ‘भ्रमण वर्ष प्रवर्द्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्