पाेखरा। पोखरा महानगरपालिका-१० स्थित पोखरा औद्योगिक क्षेत्र अगाडि तीन दिनदेखि पाँचवटा लरी रोकिएका छन्।

भारतको सिमाना रक्सौलबाट पोखरा आइपुगेका फलामजन्य सामग्री औपचारिकरूपमा बुझ्ने आधिकारिक व्यक्ति सम्पर्कमा नआउँदा ती गाडी बाहिर रोकिएका हुन्।

पोखरा औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले लरीमा आएको फलामजन्य सामग्री औपचारिकरूपमा कसको हो भन्ने नै थाहा नभएकाले आफूले औद्योगिक क्षेत्र भित्र ल्याउन नसकेको बताए।

“औद्योगिक क्षेत्रभित्रको कुनै पनि उद्योगले उक्त सामग्री आफ्नो भन्नुभएको छैन, सुपर मादी हाइड्रोपावर लिमिटेडले जिल्ला प्रशासन कास्कीलाई पासको लागि सिफारिस गरिपाऊँ भन्ने व्यहोराको पत्र लरी चालकले देखाएको र उक्त पत्रमा कास्की जिल्लाको मादी हाइड्रोपावरका लागि निर्माण सामग्री भएको जनाइएको छ। हामीले थप कुरा बुझिरहेका छौँ”, उनले भने।

सुपर हाइड्रोपावरका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले भने सामान हाइड्रोपावरको भए पनि सप्लायर्सबाट माछापुच्छ्रे मेटल उद्योगमा पठाइएको जानकारी दिए। “सामान हाम्रै हो तर माछापुच्छ्रे मेटलले जिम्मा लिनुपर्थ्यो, किन लिनुभएन म बुझ्छु।”

वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङले माछापुच्छ्रे मेटलका सञ्चालक विष्णु पाण्डेले आफूहरुले सामान नमगाएको र जबर्जस्ती पठाएको भन्ने जवाफ दिएको बताए। “पाण्डेले जबर्जस्ती सामान आइपुगेकोले आफूहरूले नबुझेको भन्नुभएको छ”, उनले भने, “लरीमा एचआर प्लेट्स १४७५ मेट्रिकटन आइपुगेको छ, कसैले पनि जिम्मेवारी लिन चाहनु हुन्न,  हामी उपयुक्त विकल्पको खोजी गर्छाैं, चालकलाई क्वारेन्टाइनमा राख्ने हो कि सामान फिर्ता गर्ने हो भोलिसम्ममा निर्णय होला।”

लरी चालक तीर्थलाल श्रेष्ठले लकडाउन अगाडि नै सामान लादिएको र ल्याउने समयमा लकडाउनका कारणले सिमरामा रोकिएको बताए। “हाइड्रोमेकानिकलअन्तर्गत पेनस्टक पाइप सामान पहिले नै लोड भएको हो, ल्याउने बेला लकडाउन भयो, हामी सिमरामा रोकियौंँ”, उनले भने, “अहिले सरकारले विकास निर्माणको कामको सामग्री लान दिने भनेपछि हामी पोखरा आयौँ तर हामीलाई सम्पर्क गर्न भनेको व्यक्तिले फोन रिसिभ गर्नुभएको छैन। सामान बुझ्ने व्यक्तिहरू नहुँदा हामी निकै समस्यामा भयौंँ।”

उनले आफूहरूलाई खानाको भन्दा पनि  शौचालयको समस्या भएको बताए। यसअघि तीनपटक हाइड्रोपावरको सामान ल्याइसकेको तर अहिले भने सामान नबुझेर दुःख दिइएको गुनासो गरे। रासस

" /> पाेखरा। पोखरा महानगरपालिका-१० स्थित पोखरा औद्योगिक क्षेत्र अगाडि तीन दिनदेखि पाँचवटा लरी रोकिएका छन्।

"> हाइड्रोपावरको सामान कसैले जिम्मा नलिँदा तीन दिनदेखि राेकिए पाँच लरी: Dekhapadhi
हाइड्रोपावरको सामान कसैले जिम्मा नलिँदा तीन दिनदेखि राेकिए पाँच लरी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्