संसदमा आजदेखि पूर्वबजेटमा छलफल शुरू हुँदै

काठमाडौं। संसदमा आजदेखि प्रिबजेट माथि छलफल शुरू हुँदैछ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले 'रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयश, २०७६' माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।

अर्थमन्त्रीले प्रस्ताव पेश गरेपछि त्यसमाथी संसदमा छलफल शुरु हुनेछ। यसलाई प्रिबजेट छलफल भन्ने गरिन्छ। सरकारको नीति तथा कार्यक्रम भने २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नेछिन्।

संसद सचिवालयका अनुसार १३ जेठमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि १५ जेठमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ।

संसदको बजेट अधिवेशन २६ वैशाखबाट शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्