परराष्ट्रमन्त्रीले संसदमा भने- 'कुटनीतिक नोट पठाउँदा भारतले जवाफ दिएन, एकैचोटि सडक उद्घाटन गर्‍यो'
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २ नोभेम्बर २०१९ मा भारतले नयाँ नक्सा सार्वजनिक गरेकोप्रति कुटनीतिक नोट पठाएर समस्या समाधानका लागि पहल गरिरहेकै बेला भारतले जवाफ नै नदिएर नेपाली भूमिमा सडक खनेर उद्घाटन गरेको प्रष्ट पारेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतले नेपाली भूमिसमेत प्रयोग गरेर धार्चुलादेखि लिपुलेक जोड्ने सडक उद्घाटन गरेको विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्।

कुटनीतिक माध्यमबाट समाधान खोज्ने हिसाबले अघि बढ्ने सरकारको योजना रहेको उनले सदन समक्ष जानकारी गराएका छन्।

विश्वको ध्यान अहिले कोभिड-१९ मा केन्द्रित भइरहेका बेला २६ वैशाखमा भारतले नेपालको भूमिसमेत प्रयोग गर्दै धार्चुलादेखि लिपुलेक जोड्न सडक उद्घाटन गर्नु गम्भीर घटना भएको उनले बताए।

बाटो सम्बन्धी निर्णय २००५ मा गरेर २००८ देखि औपचारिक रूपमा निर्माण कार्य शुरु गरेको दस्तावेजबाट देखिएको मन्त्री ज्ञवालीको भनाई छ।

नेपालमा २५ अप्रिल २०१५ देखि महाभूकम्प गएकै बेला २० दिनपछि १५ मे २०१५ मा भारत र चीनबीच समझदारी भएको चर्चा गर्दै उनले कुटनीतिक पहलबाट नै समस्या समाधानमा केन्द्रीत हुने उनले बताएका छन्।

सरकारले पटक पटक कुटनीतिक नोट पठाएर पहल गरिरहेको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्