काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियताको सवालमा सरकारले गरेका काममा साथ रहने बताएका छन्।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोमा आपत्ति जनाउँदै उच्चस्तरीय कुटनीतिक पहलमार्फत् दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।
'नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहोरिनु दुःखद छ', विज्ञप्तिमा लेखिएको छ, 'राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ।'
नेपालको भू-भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनीतिक पहलकदमी लिएर समाधानको प्रक्रिया थालनी गर्नुपर्ने भन्दै यसमा सरकारलाई आफ्नो साथ रहने कांग्रेसले जनाएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियताको सवालमा सरकारले गरेका काममा साथ रहने बताएका छन्।सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेकोमा आपत्ति जनाउँदै उच्चस्तरीय कुटनीतिक पहलमार्फत् दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।

">