काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा ढिलो नगरी भारतसँग भिडिओ वार्ता गर्न सरकारसँग माग गरेका छन्।
कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामा मौका छोपेर गरिएको यस्तो कामका बारेमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडिओ कन्फरेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न नेता नेपालले माग गरेका हुन्।
“अहिलेको संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन, आवश्यक तथ्य प्रमाणहरूसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न हामी नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं”, उनले भनेका छन्।
आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न, सीमाको नियमित रूपमा नियमन गर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुका लागि उचित प्रबन्ध गर्न पनि उनले सरकारसँग माग गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
भारतले राजनीतिक नक्शा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुईपटक पत्र लेखिसक्दासमेत त्यस विषयमा तदारुकताका साथ वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले थप गम्भीर बनाएको नेता नेपालको भनाइ छ।
नेपालले कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्शा सच्चाउन बारम्बार आग्रह गर्दै आएको उनले स्मरण गराएका छन्।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा ढिलो नगरी भारतसँग भिडिओ वार्ता गर्न सरकारसँग माग गरेका छन्।कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामा मौका छोपेर गरिएको यस्तो कामका बारेमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडिओ कन्फरेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न नेता नेपालले माग गरेका हुन्।

">