काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अविलम्ब सर्वदलीय बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आज वक्तव्य जारी गर्दै राप्रपाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रका विषयमा राष्ट्रिय सहमतिको आधारमा भावि रणनीति तयार गर्न सर्वदलीय बैठक बोलाउन माग गरेको हो।
यस्तै राप्रपाले नेपालका लागि भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाई विरोध जनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
वक्तव्यमा भनिएको छ, ‘सहमतिअनुसार वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजानुको सट्टा भारतले सो क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई यातायात सञ्चालन कार्य शुरू गरेको छ। भारत सरकारको यस्तो मिचाहा प्रवृत्तिको राप्रपा भर्त्सना गर्दछ।’
नेपाली भूमिको अतिक्रमण, सेनाको उपस्थिति र सडक निर्माण कार्यको विरोध गर्दै राप्रपाले तत्काल कूटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ। यस विषयमा भारतलाई पत्राचार गर्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।
यस विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गर्न आवश्यक पहल गर्नुपर्ने, त्रिदेशीय बिन्दु सम्बन्धमा निर्णय गर्दा नेपालसँग परामर्श र सहमति नगरेको प्रति खेद प्रकट गर्दै त्यसबारे चिनियाँ सरकारको पनि ध्यानाकर्षण गराउन राप्रपाले माग गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अविलम्ब सर्वदलीय बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ।आज वक्तव्य जारी गर्दै राप्रपाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रका विषयमा राष्ट्रिय सहमतिको आधारमा भावि रणनीति तयार गर्न सर्वदलीय बैठक बोलाउन माग गरेको हो।

">